हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको सबैला नगरपालिका स्थित भठियन बजारमा आयोजित प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन्।
भ्रष्टचारी, तस्कर, गुण्डा नेता राजलाई अन्तगरी जनताको राज स्थापना गर्नकै लागि जनमत पार्टीको जन्मिएको डा सीके राउतले बताए ।
‘मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ’, उनले भने, ‘त्यही जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो।’
डा राउतले अब मधेस र मधेसीलाई दमन, शोषण र विभेदबाट मुक्ति दिलाउने एक मात्र विकल्प जनमत पार्टी नै रहेको जिकिर गरे ।

सो कार्यक्रमा जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंह ,ईन्द्रजित यादव ,युवा नेता संजय यादव ,जिल्ला इन्चार्ज अनिता साह,जिल्ला संयोजक दीपनारायण यादवको समेत उपस्थितमा नगर अधिवेश सम्पन्न भएको छ ।
त्यसैगरी धनुषा जिल्ला क्षेत्र २ का क्षेत्रीय संयोजक उपेन्द्र रोहिता ,वरिष्ठ नेतृत्व मण्डलीका केन्द्रीय सदस्य इन्द्रेश झा ,दलित जनमत संघ प्रदेश २ संयोजक रघुबीर दास ,पार्टीका महिला नेत्री रेखा मण्डल ,युवा नेता कैलाश साहसहितको उपस्थित रहेको थियो ।

उक्त अधिवेशनबाट जनमत पार्टी सबैला नगरपालिकाको अध्यक्षमा संजय प्रधानलाई चयन गरेको छ ।



