अर्कना खातुन,
काठमाण्डौं, २१ कार्तिक ।
लमजुङको करापुटार नगरपालिका लक्ष्मि बजारमा बसोबास गर्ने रदि मियाँले खाना पकाउन बनस्पतिबाट ग्यास उत्पादन गरेका छन् । नाकाबन्दले गर्दा देश भरिनै इन्धन र अरु खाधान्य लगायत ग्यासको अभाव भएकै कारणले मियाँले केहि विकल्प निकाल्नु पर्ने सोचमा यो ग्यासको उत्पदन गरेका हुन ।
उनले बताए ‘गाउँ घर तिर पाइने विभिन्न प्रकारका बनस्पति जस्तै सालधुप, बाँसको पानी लगायत सामाग्री मिसाएर खाना पकाउने ग्यास उत्पादन गर्न सफल भएका हुन’। ग्यास उत्पादमा सफल भएको दावी गर्दै रदिले भने – “मैले उत्पादन गरेर खाना पनि पकाए । यसले बजारमा पाईने खाना पकाउने ग्यासको जस्तै काम गर्न सक्दछ ।” बैज्ञानिक मियाँले पहिले पनि अल्ट्रा लाइट जस्ता सामान बनाइ चर्चामा रहेका थिए ।
युवा बैज्ञानिक रदि मियाले उत्पादन गरेको ग्यासको अनुसन्धान गरी आवश्यक प्रविधिको बिकास र सरकारी सहयोग भयो भने नेपालमा पनि ग्यास उत्पादन गर्न सकिने विकल्प देखिएको बताए ।
रदिले यस अघि बनाएको अल्ट्रालाईटले सफल उडान भर्न नसकेता पनि चर्चामा रहेका थिए । उनका अनुसार गाउँमा नै उडान भर्ने क्रममा ग्राउण्ड सानो भएकाले अल्ट्रालाइटलाई रन वे सानो भएका कारण उडान सफल नभएको हो । “पहिलाको अल्ट्रालाईटलाई लामो रनवे चाहिन्थ्यो, तर अहिले छोटो दुरीमा नै टेक अप लिन सक्ने अल्ट्रा लाईनट बनाउदै छु,” उनको भनाई छ ।
तस्विरः समाचार पाटी




Timi haru jasto pratakar le garda desh bigriyeko ho ..
Pokhara basi bhanne ho ki pokhara ko miya vanne ..