हुलाकी न्यूज, वीरगंज, २२ कार्तिक । शनिबार वीरगंजमा संघीय समावेशी मधेशी मोर्चाको विशाल जुलुस निस्किएको छ ।

मोर्चाआबद्ध दलहरु राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत् सिंह भण्डारी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवको अगुावईमा जिल्ला प्रहरी कार्यालय अगाडिको खाली चौरबाट जुलुस निस्किएको हो । जुलुसले चर्को नाराबाजी गर्दै नगर परिक्रमा गरी नेपाल भारत सीमास्थित मैत्री पुलमा रहेको धर्ना स्थलमा पुगेर धर्नामा साथ दिएको थियो ।

जुलुसमा नेपाल सदभावना पार्टी केन्द्रिय सदस्य शिव पटेल, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजकुमार यादव, जनतान्त्रिक तराइ मुक्ति मोर्चा पृथ्वी समुहका अध्यक्ष महाराज यादव, सभासद र्निजला राउत, संघीय समावेशी मधेसी मोर्चाका नेताहरु सरिफ अहमद, शशि कपुर मिया, कदम रसुल, प्रेमबाबु पटेल, प्रदिप सुवेदी, शम्भु चौरसिया, रामचनद्र चर्तुवेदी, मुस्तिकिम अन्सारी, धर्मेन्द्र पटेल सुशिल पटेल, सुधिर नाथ पाण्डे, ईश्वर यादव लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.