हुलाकी न्यूज,काठमाडौँ :प्रतिनिधिसभा विघटनको निर्णय बदर भएसँगै मुलुकमा यतिखेर राजनैतिक माहौल तातेको छ ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँगै प्रचण्ड नेपाल समुहको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।उनले तत्कालै राजीनामा नदिए प्रतिनिधिसभाबाट उनलाई हटाउने समेत तयारी छ । तर उनलाई हटाएपछि प्रधानमन्त्री कसलाई बनाउनेबारे समेत छलफल सुरु भएको छ ।

तर प्रचण्ड तथा माधव नेपालले यसअघि नै पटक पटक आफुहरु नभइ अरुलाई प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिइसकेका छन् ।

प्रतिनिधिसभा विघटनको कदम बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे नेकपा प्रचण्ड(माधव पक्ष र नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच आज छलफल हुने भएको छ ।

विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता तय भएको हो ।चितवनमा रहेका प्रचण्ड र नेपाल काठमाडौं फर्कनासाथ छलफल तय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।‘संसद पुनःस्थापनापछि अब कसरी अगाडि बढ्ने भन्नेबारे टेलिफोन संवाद भइसकेको भएपनि आज भेटेरै छलफल हुन लागेको हो’, देउवानिकट एक नेताले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.