हुलाकि न्यूज,जनकपुरधाम :महोतरीको पिपरा गाउँपालिका–५ सहोडवामा राति सुतेका दाम्पति बेपत्ता भएका छन् । सुतेकै ठाउँमा भने रगतको छिटा भेटिएको छ ।

सहोडवाका ६५ वर्षीय मोसाफिर झा र ६० वर्षीय गिता देवी वेपता भएको महोत्तरीका प्रहरी उपरीक्षक टीका केसीले जानकारी दिए । उनका अनुसार दुवै जना सुतेको ठाउमा रगत भेटिएको छ ।बेपत्ता दुबैजनाको तिव्र खोजी भइरहेको उपरीक्षक केसीले बताए । बिहान सुतेर उठदा झा दाम्पति घरमा नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी झाको घरमा थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसिले बताए । स्थानियका अनुसार मोहि जग्गा विवादका झा साक्षि हुन् ।जग्ग मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।जग्गा संग सम्बन्धि व्यक्तिसंग झाको विवाद भएका थिए । झा दम्पतिको खोजविनको माग गर्दै बिहानैदेखि स्थानीयले जनकपुर–जनकपुर सडक अबरुद्ध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.