अमरेन्द्र कुमार यादव, धनुषा, २१ कार्तिक । मधेशमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल कुशवाहा कल्याण समाजले शनिवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ढल्केवरमा विशाल वृहत मधेशी शान्ति र्याली प्रदर्शन गरेका छन् ।
ढल्केवरको मुख्य चौकबाट कुशवाहा समाजका हजारौं व्यक्तिहरुको सहभागितामा निस्केको उक्त र्याली विभिन्न किसिमका नारा सहित नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सोही चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा कुशवाहा जातिका अगुवाहरुले मनतव्य राखेका थिए । नथुनी कुशवाहाको नेतृत्वमा निकालिएको उक्त र्यालीमा चन्देश्वर महतो, फुल कुमारी महतो, कामेश्वर महतो लगायत हाजारौको संख्यामा कुशवाहा जातिका व्यक्तिहरु लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।




