हुलाकी न्यूज, राजविराज, २१ कार्तिक । सप्तरीको रुपनीमा शनिबार साँझ विशाल मशाल जुलुस निकालिएको छ । मधेशी मोर्चा सप्तरीले राजमार्ग केन्द्रित आन्दोलनलाई झनै सशक्त बनाउने निर्णय लिए लगत्तै मशाल जुलुस प्रदर्शन गरिएको हो ।

शनिवार प्रदर्शन गरिएको मशाल जुलुस रुपनी बजारको विभिन्न भाग परिक्रमा गरी राजमार्गमै विरोधसभामा परिणत भएको थियो ।

विरोधसभामा सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादवले आन्दोलनलाई थप सशक्त एवम् निर्णायक बनाउन लागिएकोले घर–घरबाट सहभागी हुन आह्वान गरे ।

सभामा राष्ट्रिय मधेश युवा लिगका केन्द्रीय उपाध्यक्ष मुकेश कर्ण, नेपाल सद्भावना पार्टीका हरेराम यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका सह–सचिव उपेन्द्र चौधरी, नेकपा माओवादी (मातृका) भागवत यादवलगायतका वक्ताले आफ्नो विचार राखेका थिए ।

तस्विर : फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.