हुलाकी न्यूज, काठमाडौं, २१ कार्तिक । काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरिएको छ । इन्धन र खाना पकाउने ग्यासलगायतका अतिआवश्यक सामाग्रीको चर्को अभाव भइसक्दा पनि सरकार मौन बसेको विरोधमा शनिबार काठमाडौंको कालिमाटी चौकमा कालिमाटी भ्वाइस नामक संस्थाले सरकारविरुद्ध व्यंग्यात्मक विरोध प्रदर्शन गरेको हो ।

सहभागीहरुले ‘जनताहरुको बिजोग नेताहरुको भोज, आखिर कहिलेसम्म ?’, ‘पेट्रोल छैन, ग्याँस छैन, मट्टितेल छैन, यो देशमा सरकार छ कि छैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकी प्रदर्शन गरेका छन् ।

खाली पेट राष्ट्रियता झल्किदैन भन्दै सहभागीले तराई मधेशको समस्या यथाशिघ्र समाधान गरी जनजीवन सहज बनाउन सरकारसँग माग गरेका छन् । सहभागीहरुले सरकारले तराई मधेशको समस्या नदेखेझैं गरेको आरोप लगाउँदै सरकारमाथि सबैले दबाब बनाउनुपर्ने बताएका छन् ।

Kathmandu pradarshan3

Katamndu pradarshan2

Kathmandu pradarshan4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.