हुलाकी न्यूज, काठमाडौंः
भारतीय सेनामा मधेशी युवाहरु पनि भर्ती हुन पाउने भएका छन्।

भारत सरकारको रक्षा मन्त्रालयले सन् २०२०–२१ को भारतीय सेना गोर्खा रेजिमेन्टको भर्ना छनौटमा मधेशी जिल्लाका युवाहरुलाई पनि समावेश गर्ने निर्णय गरेको छ।

उक्त निर्णय अनुसार विज्ञापन पनि जारी भएको जनाइएको छ।

यसअघि भारतीय सेनामा नेपालका पहाडी मुलका युवाहरु मात्र समावेश हुँदै आएका थिए।

अमेरिकाको न्यूजर्सी राज्यमा रहेको मधेश मानवाधिकार(मधुर)ले भारतीय सेनामा मधेशी युवाहरुलाई पनि समावेश गर्नु पर्ने माग गरेका थिए।

मधुरका संयोजक डा.चन्दन सिंहका अनुसार दशकौं पुरानो भेदभाव अन्त्य गर्दै मधेशी समुदायलाई समान अवसर प्रदान गर्न भारत सरकारले उठाएको कदम सकारात्मक रहेको छ।

‘हामी आशा गर्दछौं कि मधेशी समुदायका युवाहरूले यस अवसरको ठूलो उपयोग गर्नेछन्।’ डा.सिंहले भने, ‘यसले मधेश र भारतबीच रणनीतिक र दुर्लभ सम्बन्धलाई अझ मजबुत बनाउनेछ।’

मधुरका सदस्य वन्दना महतोले भविष्यमा भारत सरकार, रक्षा मन्त्रालयले मधेशका लागि छुटै मधेशी रेजिमेन्टको व्यवस्था गर्न अनुरोध गरिन्।

ब्रिटिश गोर्खा रेजिमेन्टमा पनि मधेशी युवाहरुलाई समावेश गर्न पहल भइरहेको मधुरका सचिव सशांक गुप्ताले हुलाकी न्यूजलाई जानकारी दिए।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.