अमरेन्द्र कुमार यादव, धनुषा २१ कार्तिक । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ विरेन्द्र बजारमा एक स्कुल बसमा आगजनी गरिएको छ । शुक्रबार राति ज १ ख ७६३ नम्बरको स्कुल बसमा आगजनी गरिएको हो । बिरेन्द्रबजार स्थित बुद्ध सिद्धार्थ निकेतन बोर्डिङ्ग स्कुलको प्रांगनमा पार्किङ्ग गरि राखिएको स्कुल बसमा मोटरसाइकलमा आएका २ जनाले आगजनी गरि फरार भएको बताईएको छ ।
बसमा लागेको आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिन सफल भएपनि बसको सिटहरु जलेर क्षति भएको जिप्रका धनुषाले जनाएको छ ।
आगजनी गरेको घटनाको जिम्मा जनतान्त्रिक टाईगर जनशक्ति पार्टीले लिएको छ । घटना पछि राति नै केहि संचारमाध्यममा टेलिफोन गरी बन्दको अवज्ञा गरेको भनि तोडफोड तथा आगजनी गरेको दाबी सो पार्टीले गरेको छ ।
यता प्रहरीले भने मधेश आन्दोलनको आडमा केहि आपराधिक समुहहरु पनि सक्रिय हुन थालेको प्रतिक्रिया दिँदै घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।



