हुलाकी न्यूज, जनकपुरधामः
डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुुरधाममा प्रशिक्षण तथा भेटघाट कार्यक्रम गरेको छ।

जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रशिक्षणमा जनमत पार्टी धनुषा जिल्लाको विभिन्न कमिटीका करिब एक हजार जना सहभागी भएको जनाइएको छ।

प्रशिक्षणमा पार्टीका अध्यक्ष डा.सीके राउतले १० लाख रोजागरी मधेश मै र्सिजना गर्ने बनाएका छन्।

जनमत पार्टीले चुनाव जितेको खण्डमा मधेशीहरुका लागि १० लाख रोजगारी मधेशमै र्सिजना हुने माध्यम पनि डा.राउतले बताए।

आगामी निर्वाचनमा जनताले पुराना पार्टीहरुलाई मत नदिने दाबी गर्दै डा.राउतले जनताको आगामी रोजाई जनमत पार्टी नै हुने दाबी गरे।

कार्यक्रममा गैर आवासीय मधेशी संघ (एनआरएमए)का अन्तर्राष्ट्रिय समितिका अध्यक्ष एवं जनमत पार्टीका विदेश विभाग प्रमुख ईन्जिनियर बसन्त कुशवाहाले चुनाव जित्ने रणनीतिहरु सिकाएका थिए।

ईन्जिनियर कुशवाहाले कांग्रेस–नेकपा–जसपालगायतको पार्टीहरुको अस्तित्व समाप्त हुने बताउँदै जनता राज कायम गर्न जनमत पार्टी जित्ने दाबी गरे।

कार्यक्रममै विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा जनमत पार्टी प्रवेश गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.