हुलाकी न्यूज, दोहा १२ फेब्रुअरी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको तेस्रो महाअधिवेशन सम्पन्न भएको छ। शुक्रवारको दिन ऑनलाइन बैठक बाट एनआरएमए कतारको तेस्रो अधिवेशनले ई. विजय कुमार यादवको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ।
एनआरएमए कतारका वरिष्ठ उपाध्यक्षमा राम हृदय यादव, उपाध्यक्षमा मोहम्मद असगर अली, जितेन्द्र कुमार यादव, तेज नारायण मण्डल, राम सोभित कामत, महासचिवमा राम सुबन यादव, सचिवमा राम जुलुम साह, महेन्द्र साह, नबल कुमार राय, कोषध्यक्षमा सुरेन्द्र कुमार साह, सहकोषाध्यक्षमा सरोज कुमार शाह, नन्द किशोर ठाकुर, संजय साह, गौतम शर्मा, प्रवक्तामा वीरेन्द्र गोइत, सह-प्रवक्तामा जितेन्द्र पासवान,विजय कुमार दास र क्षेत्रीय संयोजकमा बिनोद कुमार यादव, प्रबहांस ठाकुर, प्रवीण कुमार यादव, राज मोहन यादव, संजय साह रहेका छन।
सदस्यहरुमा बिरेंद्र महरा, मनीष सुमन, विनय कुमार राय,ओम प्रकाश राय, बाल किशोर खंग,सुलेंद्र सादा, राम लखन यादव, संजीव कुमार यादव, राम चन्द्र साह, राम सोगाराथ यादव, रोशन कुमार दास,नवीन कुमार राय, परशुराम राय अमात,रामेंद्र राय, वीरेन्द्र कुमार कुर्मी, राम दयाल राय, राम दिनेश यादव, मनोज कुमार मण्डल, राम किशोर राउत, शिव दयाल साह, घनश्याम चौधरी,फूलचन साह, संजय यादव, चंदेश्वर यादव, शिव कुमार यादव, राम आसरे मल्ली ,हरि नारायण मंडल, रंजीत राय, देवेन्द्र शर्मा, कृष्णदेव साह, राम बाबू महरा,राम केवल यादव, तेज नारायण राम,मुकेश कुमार मंडल रहेका छन् ।
एनआरएमए कतारका सल्लाहकारहरुमा प्रमुख सल्लाहकारमा ई. बिरेन्द्र कुमार शाह, जितेन्द्र कुमार महतो,पवन ठाकुर, राकेश मैथिल,देव नारायण यादव, सरोज प्रसाद साह, रामा नन्द गुप्ता,विद्यानंद यादव, राम जन्म शर्मा, सुर्य नारायण यादव र प्रदीप कुमार यादव रहेका छन। उनीहरुले संगठनको उदेश्य र संगठन बिस्तार गर्ने सम्बधमा आआफ्नो सुझावसहितको शुभकामना मन्तब्य राखेका थिए।
स्थायी समितिमा ई.सुरेन्द्र नारायण यादव, ई. शम्भुनाथ साह, ई. राम देव राय, बद्री यादव र शिव कुमार पाल रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत रहेका थिए र अतिथीमा ई.बशन्त कुशवाहा, सुरेन्द्र नारायण यादवले संगठनको उदेश्य र संगठन बिस्तार गर्ने सम्बधमा सुझावसहितको शुभकामना मन्तब्य राखेका थिए।
अतिथीमा अमेरिका, रसिया,साउदी, कुवैत, मलेसिया, विभिन्न देश बाट संगठनको उदेश्य र संगठन बिस्तार गर्ने सम्बधमा सुझावसहितको शुभकामना मन्तब्य राखेका थिए।
संगठन विस्तारका सम्बन्धमा हुलाकी न्यूजसँग बिशेष कुराकानी गर्दै एनआरएमएका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाले विश्वभरीका मधेशीहरुलाई जोड्ने अभियान अन्तर्गत एनआरएमए कतारको तेस्रो अधिवेशन सम्पन्न भएको बताए। उनले कतारमा रहेका सम्पूर्ण मधेशीहरुलाई एनआरएमएमा सहभागी हुन आग्रहसमेत गरे।
कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र हजारौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गरे।
हालसम्म एनआरएमए ४० वटा देशमा सक्रिय रहेको छ । गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ।
ऑनलाइन बैठक बाट एनआरएमए कतारको तेस्रो अधिवेशन:-