हुलाकी न्यूज, काठमाडौं, २१ कार्तिक । पूर्वप्रधानमन्त्री तथा हालै मात्र एकीकृत माओवादी परित्याग गरेका डा. बाबुराम भट्टराई जनकपुर जाने भएका छन् ।

उनी शनिबार दिउँसो जनकपुर जाने तयारीमा रहेको अनलाइन खबरले उल्लेख गरेको छ ।

देशको वर्तमान अवस्था र नाकाबन्दीका कारण जनताले भोगिरहेको समस्याका बारेमा अवगत गराउँदै समस्या समाधानका लागि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएपछि भट्टराई जनकपुर प्रस्थान गर्नेछन् ।

उनले जनकपुरमा हुने कार्यक्रमलाई संबोधन गर्नेछन् ।

संविधान जारी भएपछि डा. भट्टराईले यसअघि पनि एक चोटि जनकपुर भ्रमण गरिसकेका छन् । पार्टी परित्याग पछि जनकपुरबाटै मधेश भ्रमणको सुरुवात गरेका भट्टराईको त्यति बेला जनकपुरमा चर्को विरोध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.