डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रथम नगरपालिका अधिवेशन सम्पन्न भएको छ ।
माघ ३० गते महिलवारमा आयोजित उक्त अधिवेशनद्वारा पार्टीको लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्षमा गोविन्द धवल, उपाध्यक्षमा रामअवतार यादव, सचिवमा निलम पासवान, सहसचिवमा राधेश्याम गुप्ता, कोषाध्यक्षमा दुर्गा प्रसाद यादव तथा सदस्यहरुमा गोविन्द लोध लगायत ३७ सदस्यीय नगरपालिका समिति गठन गरिएको जिल्ला सह सचिव एवं कार्यक्रमका सभापति कृष्णा कोहारले जानकारी दिए ।
हजारौंको संख्यामा स्थानिय जनसमुदायको उत्साहपूर्ण उपस्थित रहेको उक्त अधिवेशनका मुख्य वक्ताहरुमा कार्यक्रमका बिशिष्ट अतिथी एवं पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेष, प्रमुख अतिथि एवं जनमत पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र प्र. यादव, अतिथी एवं जिल्ला सह संयोजक चन्द्रशेखर सोनार, वरिष्ठ नेता आनन्द गुप्ता, वरिष्ठ नेतृ निर्मला हरिजन, युवा नेतृ जोया शेष, विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य विकास लोध, जिल्ला कोषाध्यक्ष संजय मिश्रा लगायतका नेताहरुले आ-आफ्नो मन्तव्य राखेका थिए ।
सो सभालाई सम्बोधन गर्दै विशिष्ठ अतिथी एवं केन्द्रिय सदस्य इरफान शेषले – आजसम्म नेताहरूले मात्र जनतालाई उल्लू बनाउने राजनिती गरेको तर अब जनताले पनि त्यस्तो राजनिती बुझेर धोखेबाज नेताहरुलाई सबक सिकाउनुपर्ने बेला आएको बताए ।
त्यसैगरी, केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवले – मधेश विरोधी चरित्र बोकेका राष्ट्रिय पार्टी भनाउदा कांग्रेस, कम्युनिष्ट, राप्रपा, जनमोर्चा जस्ता पार्टीमा लाग्ने मधेशी अनुहारका सुगवा सांप जस्ता नेताहरूबाट सतर्क रहन जनतालाई आह्वान गरेका थिए।
यसै गरी जिल्ला सह-संयोजक चन्द्रशेखर सोनारले – आजसम्म जनताको भोटबाट जितेका जनप्रतिनिधीहरू आफूलाई राजा ठान्ने गरेकोले अब जनताको उत्तरदायी जनप्रतिनिधी ल्याउन र जनताराज स्थापना गर्न जनमत पार्टी को चुनाव चिन्ह हर्न छाप (लाउडस्पीकर छाप) मा भोट दिन जनतालाई आग्रह गरे ।
त्यसैगरी विधार्थी जनमत संघका केन्द्रिय सदस्य एवं जुझारू युवा नेता विकास लोधले नमुना मतपत्रलाई जनताको हथियारको रूपमा देखाउँदै आउने चुनावमा मतपत्रमा रहेको लाउडस्पीकर छापमा मात्र आफ्नो अमूल्य मत दिएर आफ्ना सन्ततीको भविष्य रक्षा गर्न जनता सामू आग्रह गरे ।
सो कार्यक्रम संचालन पूर्व नगर सचिव अंगद गुप्ताले गरेका थिए भने डा. रामाकान्त हरिजनले स्वागत मन्तव्य दिएका थिए साथै नवनियुक्त पदाधिकारीहरूको सपथ ग्रहण युवा जनमत संघ रुपन्देहीका संयोजक सागर वर्माले गराएका थिए ।
सो कार्यक्रममा पार्टीका जिल्ला नेताहरु विष्णु सिंह, धर्मेन्द्र गुप्ता, अशोक बर्मा, बिरेन्द्र गुप्ता, मोहम्मद उमर खान, सन्दिप गुप्ता लगायत जिल्ला सदस्य गण, गा.पा. इन्चार्ज गण लगायत जिल्लाभरि बाट उल्लेख्य संख्यामा नेता -कार्यकर्ताहरुको उपस्थिती थियो ।
जिल्ला संयोजक रामकेश गुप्ताले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याउने स्थानिय तथा जिल्लाका सम्पूर्ण नेता कार्यकर्तालाई धन्यवाद दिए, साथै चयन भएका सम्पूर्ण कार्यसमितीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन ।
यस अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गरी जिल्ला तथा गाऊँपालिका स्तरका दर्जनौं नेता-कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको नगर संयोजक गोविन्द धवलले जानकारी दिए। 





हुलाकी न्यूज, रुपन्देही : 


