अर्कना खातुन, वीरगंज, २० कार्तिक । अस्टिन मधेशी समाज अमेरिकाले जारी मधेश आन्दोलनका सहिदहरुलाई आर्थिक सहयोग गरेको छ । समाजले पर्सा र बाराका सहिदहरुलाई बिहिबार आर्थिक सहयोग गरेका हुन् । हाल अमेरिकामा पढिरहेका केही मधेशी विद्यार्थीहरुले रकम संकलन गरी दुई जिल्लाका सहिदहरुलाई २१,००१ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

समाजको अमेरिका प्रतिनिधि चन्दशेखर पंडितको नेतृत्वमा गएका टोलीहरु, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक शितल महतो, मधेश क्रान्ति चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, नेपाल बार एशोसिएसन पर्साका पुर्व अध्यक्ष पन्नालाल गुप्ता, ईन्जिनियर एशोसिएसन पर्साका पुर्व अध्यक्ष मुन्ना सर्राफ, मधेशी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, मुस्लिम समाज पर्साका अगुवा नेता ईन्जिनियर नुरुलहोदा आलम, सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय सदस्य अजय यादव, निर्माण व्यवसायी आनन्द मोहन सहाय, नेपाल पत्रकार महासंघ पर्साका पुर्व सचिव युवराज खड्का, सोनालाल साह कलवार, राजेशवर प्रसाद कुर्मी, बैजनाथ साह, एनपीडेली अनलाईनका फोटो पत्रकार एस. एमजहाँगस्त, वीरगंज टेलिभिजनका हस्मोदिन समानी लगायतका सक्रिय सहभागितामा बारा र पर्साका सहिद परिवारहरुको घर दैलोमा पुगि सो रकम परिवारजनलाई हस्तान्तरण गरेका थिए ।

पर्सा जिल्लाका सहिदहरु दिलिप चौरसिया, धर्मराज सिंह, सोहनसाह कलवार, दिनानाथ साह गोंड, भोला साह तेली, सत्रुधन पटेल, चन्दन पटेल र बारा जिल्लाका हिफाजत मियाँलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.