शम्भू पंडित, जनकपुरधामः
घरमा डेरा लिएर बस्ने महिलाले नै घर धनीकी १३ वर्षीया छोरीको पटक–पटक बलात्कार गर्न लगाएको खुलेको छ।

जनकपुरधाममा डेरा लिएर बस्ने मुस्कान खातुनले आफु बसेको घर धनीको छोरीको विगत ५ महिनादेखि विभिन्न प्रलोभनमा पारी बलात्कार गराएको प्रहरीले जनाएको छ।

युवती गर्भवति भएपछि रहस्य बाहिर आएको हो।

मुस्कानले भाँडा लिएको कोठामा घर धनीकी छोरीलाई पनि राति सुत्न लगाउने गरेकी थिइन्। सोही क्रममा मुस्कानले शम्भू भनिने ओमनारायण यादवलाई कोठामा बोलाएर बालिकाको पटक पटक बलात्कार गर्न लगाएको धनुषा प्रहरीका डीएसपी मकेन्द्र मिश्रले जनाए।

बालिका गर्भवति भएपछि परिवारजनले प्रहरीमा उजुरी गरेका थिए। उजुरीका आधारमा अनुसन्धान पछि पिडक मुस्कान खातुन र ओमनारायण यादव पक्राउ परेका छन्।

उनीहरुलाई धनुषाको लक्ष्मीनियाबाट पक्राउ गरी शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.