हुलाकी न्यूज,सर्लाही : सर्लाहीमा बिहीबार साँझदेखि हराएको एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ।
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको हो।
बिहीबार साँझदेखि हराएका हिमांसुको खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



