हुलाकी न्यूज,काठमाडौं : ​सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आगामी फागुन २ देखि कोभिडविरुद्धको खोप दिइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीरबार सूचना जारी गर्दै फागुन २ गतेदेखि ८ गतेसम्म सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने जानकारी दिएको छ।

खोप सबै कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, जनप्रतिनिधि, पहिले छुट भएका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव वाहनका चालकहरू र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई दिइने मन्त्रालयले जनाएको छ।

तोकिएको खोप केन्द्रमा खोप लगाउन जाँदा आफ्नो परिचय पत्र लिएर जान पनि मन्त्रालयले आग्रह गरेको छ। यसअघि फ्रन्टलाइनरको रुपमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मीले खोप लगाइसकेका छन्।

भारत सरकारले अनुदान स्वरुप दिएको ‘कोभिसिल्ड’ खोप माघ १४ देखि पहिलो चरणको खोप लगाइएको  थियो। १० लाख डोज खोप सिरम इन्स्टिच्युट बाट निर्मित हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.