हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीबाट चारजना डाँका पक्राउ परेका हुन्। भंगहा नगरपालिकास्थित सिंग्याही बजारमा अवस्थित शिव ज्वेलर्समा डाँका हालेर भाग्ने क्रममा स्थानीयले एकजनालाई रातिमै पक्राउ गरेको थियो ।
ती तीन जनालाई बुधवार जिल्लाकै बनौटा गाउँबाट पक्राउ गरिएको प्रहरलिे जनाएको छ भने पक्राउ पर्नेमा जिल्लाको बलवा नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीय निरेखन मण्डल, ३८ वर्षीय विक्रु महतो कोइरी , जलेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने २० वर्षीय जीतेन्द्र ठाकुर र महोत्तरी गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय दिलीप मण्डल रहेको प्रहरीले जनाएका छन्।
पक्राउ परेका चारमाथि शिव ज्वेलर्सबाट दुई लाख बराबरको सुनचाँदीका गहना लुटेर भागेको बताइएको छ ।यद्दपी प्रहरीका अनुसार उनीहरुबाट अहिलेसम्म कुनै वस्तु बरामद नभएको प्रहरीको भनाइ छ ।पक्राउ गरिएका चारै जनामाथि आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका छन्।



