हुलाकी न्यूज,जनकपुरधाम : संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरधाममा मशाल जुलुस प्रदर्शन गरेका छन् ।

संसद विघटन र संवैधानिक निकायमा अवैधानिक नियुक्तिलगायतका विरोधमा मशाल जुलुस निकालिएको जसपा धनुषाले जनाएको हो ।

 

जनकपुरधाम स्तित रेल्वे स्टेशनबाट निकालिएको मशाल जुलुस भानुचोक हुँदै जनकचोकमा आएर सम्पन्न भएको थियो । मशाल जुलुसमा जसपाका नेताहरु परमेश्वर साह, संजय चौधरी, राजु चौधरी, पप्पु चौधरी, धिरेन्द्र सिंह, उमेश मण्डल, रमण सिंह, संजय साह, प्रमोद यादव, सदाशिव मिश्र, दिपक झा, रिता मिश्र, विभा ठाकुर, ममता चौधरी, सुदर्शन सिंह,अमित कुमार, प्रशान्त झा, रोशन मिश्र, किशन साहलगायत दर्जनौं व्यक्तिहरु सहभागी रहेको  थिए ।

 

मशाल जुलुस प्रदर्शन गर्ने क्रममा जसपाका नेता कार्यकर्ताहरूमाथि प्रहरीले बल समेत प्रयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.