
हुलाकी न्यूज, काठमाडौंः मोहन बैद्य र विप्लवसहितको चार पार्टीले संयुक्त मोर्चा बनाएर आन्दोलन गर्ने भएको छ।
उनीहरुले संयुक्त मोर्चाको अवधारणा पत्र र संघर्षका कार्यक्रमहरु विहीबार घोषणा गर्न लागेका छन्। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो उनीहरुले एक समारोहका बिच कार्यक्रमको आयोजना गरेको हो।
मोर्चामा मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुवाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपाल रहेका छन्।
जसमध्ये विप्लव नेतृत्वको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको अवस्थामा किरण र विप्लवलगायतका कम्युनिष्ट नेताहरु सक्रिय भएका हुन्।



