हुलाकी न्यूज,काठमाडौँ  :  नेकपा दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापना नभए नेपालमा ठूलो आँधी हुरी आउने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

‘शान्तिपूर्ण आन्दोलन विद्रोमा उत्रिए के हुन्छ ? यो संविधान निर्माण गर्दा २००४ सालमा राणाहरुले बनाएको संविधानदेखि तमाम् संविधान अध्ययन गरेर कस्तो संविधान बनाउँदा जनताको हित हुन्छ भनेर बनाइएको छ,’ दाहालले भने, ‘आजको उपस्थितीले अदालतलाई फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ हुरि आउँछ कसैले थाम्न सक्दैन ।’

उनले अदालत, निर्वाचन आयोग सबैले केपी ओलीको विपक्षमा फैसला गर्ने विश्वास आफूलाई रहेको पनि बताए ।  ‘संवैधानिक निकायहरुले केपी ओली जस्तो निरंकुश व्यक्तिको डरको भरमा फैसला गर्छन भनेर म पत्याउँ त  ? जनताले पत्याउँछन् ?’ उनले भने, ‘केपी तिर लागेकाहरु फर्कन लामो लाइन छ ।  अरु त अरु उहाँसँग रहेका २ जना मन्त्री पनि फर्कन म सँग वार्ता गर्दैछन् ।’ उनले ओलीलाई पदबाट राजीनामा दिएर पश्चताप गर्न पनि सुझाब दिए । ‘केपीजी तपाइँले साह्रै ठूलो अपराध गर्नु भयो । म सुझाब दिन्छु । राजीनामा दिनु र पश्चताप गर्नुस् । तर, तपाईँ निरकंशु हुँदै जानु भएको छ ।  तपाइँ जनताको भन्दा भगवानको शरणमा जानु भएको छ’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.