हुलाकी न्यूज,जनकपुरधाम :प्रदेश २ सरकारले जनकपुरकी एसिड पीडित आरती साहलाई जागिर दिने भएका हुन्।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले साहलाई आउँदो आर्थिक वर्षको साउन १ गते देखि आफ्नो कार्यालयमा कार्यालय सहायकको रुपमा नियुक्ति दिने सहमति गरेका छन् ।

आरतीलाई आगामी आर्थिक वर्षमा जागिर दिने र न्याय पनि पाउने मुख्यन्यायाधिवक्ता झाले जानकारी दिएका छन्। आरतीको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको र अन्तिम अवस्थामा उनले बताए ,गत कातिक १९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेको थियो।यस घटनामा जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.