हुलाकी न्यूज,काठमाडौँ : मंगल ग्रहमा आफ्नो अन्तरिक्षयान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ।
पृथ्वीबाट झन्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मंगल ग्रहको कक्षमा प्रवेश गरेको बीबीसीले जनाएको छ।
यूएईको ‘होप’ अर्थात् विश्वास अभियानअन्तर्गत उक्त यानले मंगल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू सङ्कलन गर्नेछ।
अरब जगत्को यो पहिलो अन्तरिक्ष अभियान हो। सात महिना अगाडि यूएईको यान मंगल ग्रहतर्फ प्रस्थान गरेको थियो।एजेन्सी



