हुलाकी न्यूज,काठमाडौँ : म्यान्मारमा सैन्य ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएकी एक महिला गोली लागेर गम्भीर घाइते भएकी छिन्।

उनको अवस्था नाजुक रहेको बीबीसीले जनाएको छ। ती महिला मङ्गलवार राजधानीमा आयोजित प्रदर्शनमा सहभागी भएकी थिइन्।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो।

मानवाधिकारवादी समूहहरूका अनुसार ती महिलाको टाउकोमा गोली लागेको छ।

प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू गम्भीर घाइते भएका विवरणहरू प्राप्त भएका छन्। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.