हुलाकी न्यूज,काठमाडौँ : निर्वाचन आयोगलाई सरकारले ७ अर्ब रूपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई ७ अर्ब उपलब्ध गराउने बताएका हुन् ।
आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि खर्च उपलब्ध गराइदिन आयोगले अर्थ मन्त्रालयसँग ७ अर्ब रुपैयाँको माग गरेको थियो ।



