रमेश ठाकुर, रौतहट, २० कार्तिक । रौतहटको करुनिया गाविस वडा नम्बर ३ की २६ वर्षीया ईलमियरा खातुन दुबै खुट्टाले हिँडडुल गर्न सक्दिनन् । जन्मेको ५ वर्ष पछि देब्रे खुट्टामा पोलियो लागेको उनको अहिले दुबै खुट्टा काम नलाग्ने भएको छ ।

दुबै खुट्टा काम नगरेका कारण हातको सहाराले हिँडडुल गर्ने खातुनको दैनिकी सामान्य मानिसको भन्दा निकै कष्टपुर्ण रहेको छ । घरको आर्थिक अवस्था कमजोर रहेकोले पढ्न नसकेको खातुनको परिवारमा बुवा र ६ दिदी बहिनी गरी ७ जना सदस्य छन् । आमा र भाई नभएको खातुनको उनी बाहेक सबै दिदी बहिनीको बिहे भई सकेको छ ।

एकातिर अपांग भएको कारण अहिलेसम्म बिहे भएको छैन भने अर्कातिर दाजुभाई नभएको खातुनको काँधमा परिवार चलाउने जिम्मेवारी पनि रहेको छ । खुट्टाले काम नगरे पनि जिम्मेवारी पुरा गर्नका लागि भए पनि खातुन आफ्नै एउटा सानो किराना पसल संचालन गरेर बसेकी छिन् ।

६ दिदी बहिनी मध्येकी तेस्रो खातुनको बुवा बिरामी भएका कारण केहि गर्न सक्दैनन् । घरमा रहेका बुढो र बिरामी बुवाको हेरचाह तथा पालनपोषण गर्नका लागि खातुनले उक्त पसल संचालन गरेकी हुन् । पसल संचालन गरेर आत्मनिर्भर र पारिवारीक जिम्मेवारी वहन गर्न खोजेपनि उनले सोचेजति सुुख पाउन सकेकी छैनन् ।

घरमा कोहि नभएकोले पसलमा घटेको सामान टाढा टाढाबाट आफै किनेर ल्याउने बाध्यता रहेको छ । पोलियोले दुबै खुट्टा काम लाग्ने नभएपछि हिडडुल गर्न नसक्ने खातुन उभिएर कुनै काम गर्न सक्दिनन् ।

घरको आर्थिक अवस्था साह्रै कमजोर रहेको खातुनले अहिलेसम्म कुनै संस्थाले सहयोग नगरेको गुनासो गरेकी छिन् । सरकारले अपांगता क्षेत्रमा धेरै काम गरेको सुनाए पनि २६ वर्षको उमेर भईसक्दा पनि आफुलाई राज्यपक्ष बाट कुनै सुविधा नमिलेको उनले भावुक हुँदै थपिन् । अपांगहरुको लागि आउने भत्ता समेत यसै वर्षदेखी मात्र पाएको उनले बताईन् ।

सामान्य मानिस जस्तै हिँडडुल गर्न सक्ने चाहना राखेकी खातुन आफ्नो त्यस्तो अवस्थाप्रति बिचलित भने छैनन् । कमाएर नै परिवारको जिम्मेवारी पुरा गर्न चाहने खातुन राम्ररी काम गर्नका लागि अपांगता क्षेत्रमा काम गर्ने सबैसँग सहयोगको अपेक्षा राखेकी छन् ।

उनले लामो समयदेखी तीन चक्के स्कुटी मोटरसाईकल किन्ने सोच बनाएपनि घरको आर्थिक अवस्था ज्यादै कमजोर रहेकोले उक्त सोच पुरा हुन सकेको छैन् । हातले चलाउने ह्विल चेयरमा मेहनत धेरै हुने र स्कुटी भए काम गर्न सजिलो पनि हुने भएकाले स्कुटी नै किन्ने सोचेको उनले बताईन ।

तर खरिद गर्नका लागि बढि रकम लाग्ने भएकाले आफुसँग अहिले त्यति रकम नरहेको उनले बताईन् । खातुनले आफ्नो यस्तो अवस्थाप्रति सहयोग गर्न सम्पुर्ण सम्बन्धित निकाय तथा व्यक्तिसँग आग्रह गरेकी छन् ।

1 COMMENT

  1. यस्तै अरु केही दिन नेपाल मा रहिरहन गयो भने प्रहरी आफै लूट मा सम्लग्न हुन थाल्छ आर्मी र नेता ग्यास र इन्धनको कालोबजारी मा तलिन हुन्छ। जनता अरु देशमा सर्न खोजन बाध्री हुन्छ ।
    त्यसैले केही सोचै जनता को लागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.