हुलाकी न्यूज, काठमाडौं :
फेसबुक, ट्वीटरसहितका समाजिक सञ्जालमाथि नियन्त्रण राख्न केपी ओली सरकारले निर्देशक ल्याउन लागेको छ।

सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका–२०७७ ल्याउने तयारी गरेको हो।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सामाजिक सञ्जालमा देखिएको विकृति रोक्न निर्देशिका ल्याउन लागिएको दाबी गरे।

उनले भने, ‘पछिल्ला दिनहरूमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा उत्तेजक र व्यक्ति केन्द्रित अभिव्यक्ति दिने काम भइरहेको छ। सम्मानित अदालत र राष्ट्रपतिविरुद्ध सामाजिक सन्जालमा अभिव्यक्ति दिने र त्यसलाई केही अनलाइनले समेत राख्ने गरेका पाइएको छ। लोकतान्त्रिक शासन पद्धतिमाथि प्रहार गर्ने, हिंसा फैलाउने, मुलुकलाई मुडभेडतर्फ धकेल्ने खालका अभिव्यक्ति र त्यसलाई सार्वजनिक गर्ने माध्यमका काम खेदजनक छन्।’

सरकारले ल्याउन थालेको सामाजिक सञ्जाल निर्देशिकाले विकृति रोक्न मद्दत गर्ने उनले दाबी गरे।

सरकारले ल्याउन लागेको निर्देशिकाले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने खालको हुन सक्ने भन्दै सरोकारबालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.