हुलाकी न्यूज,काठमाडौँ : सरकारले आजदेखि कोरोना विरुद्ध दोस्रो चरणको खोप अभियान सुरुगर्दैछ ।अभियानको दोस्रो चरणमा अग्रपंतिमा काम गर्ने पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाइने लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशील्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकार र कूटनीतिक नियोका कर्मचारीलाई लगाउने तयारी भएको हो ।

खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ ।खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने छ । देशभर करिब १३ हजार पत्रकार छन् ।

पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।पहिलो चरणको अभियान शनिबारबाट सकिएको थियो । दास्रो चरणको खोप अभियान शुक्रबारसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.