हुलाकी न्यूज, सिरहा, १९ कार्तिक । जारी मधेश आन्दोलनकै बीचमा सिरहाको बनिनियाँमा कुस्ती प्रतियोगिता हुनेभएको छ । कार्तिक २६ गते लक्ष्मी पुजाको अवसरमा बनिनियाँको श्री लक्ष्मण मण्डल जनता उच्च मा.वि.को प्राङणमा कुस्ती समारोह आयोजना हुने आयोजक श्री लक्ष्मी पुजा मेला आयोजक समितिले जनाएको छ ।

जारी आन्दोलनकै क्रममा मधेशको संस्कृति जोगाउन पनि हरेक वर्ष झैं यस वर्षपनि कुस्ती समारोहलाई निरन्तरता दिइएको आयोजकले जनाएका छन् । कुस्ती समारोहले मधेश आन्दोलनलाई थप बल र उर्जा पुग्ने विश्वास लिएको आयोजक समितिका अध्यक्ष महेश मण्डलले बताएका छन् ।

उनले कुस्ती मधेशको पहिचान रहेको र मधेशको संस्कृतिसँग जोडिएकोले पनि आन्दोलनको क्रममा हरेक वर्ष झैं यस वर्ष समारोह आयोजना गर्न लागिएको बताए ।

समारोहको उदघाटन तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गर्नेछन् । उदघाटन कार्यक्रममा अध्यक्ष ठाकुरले मधेश आन्दोलनको बारेमा थप प्रकाश पार्ने आयोजकले जानकारी दिएका छन् ।

आयोजकले समारोहमा सबै मधेशप्रेमीलाई उपस्थित हुन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.