हुलाकी न्यूज, सिरहाः
मधेशको विकासको रोड म्याप जनमत पार्टीसँग मात्र रहेको जनमत पार्टीका नेता ईन्जिनियर बसन्त कुशवाहाले बताएका छन्।

जनमत पार्टीको सिरहाको मिर्चैया नगर अधिवेशनको क्रममा गैर आवासीय मधेशी संघ (एनआरएमए)का अन्तर्राष्ट्रिय समितिका अध्यक्षसमेत रहेका ईजिन्यिर कुशवाहाले मधेशमै रोजगार र्शीजना गर्न जनमत पार्टीसँग योजना रहेको बताए।

उनले मधेशी युवाहरु विदेशी भूमिमा गएर खुन पसिना बनाउन नपर्ने गरी मधेशमै रोजगारीको व्यवस्था गर्न जनमत पार्टीले तयारी गरिरहेको जनाए।

हाल स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेको दाबी गर्दै ईन्जिनियर कुशवाहाले युवाहरुलाई राजनीतिमा आउन आह्वान गरे।

मधेशीहरुका लागि शिक्षा स्वास्थ्यको राम्रो व्यवस्था हुनु आवश्यक रहेको र त्यसका लागि जनमत पार्टीका नेताहरु निर्वाचित हुनु पर्ने उनले बताए।

मधेशीको जीवनस्तर परिवर्तनका लागि राजनीतिक परिवर्तन हुनु पर्ने बताउँदै उनले भने,‘राणा तन्त्र, प्रजातन्त्र र कांग्रेस, कम्युनिष्ट सबैलाई मधेशी जनताले हेरेको छ। तर, मधेशीको विकास भएको छैन। अब जनमत पार्टीले अव विकास गर्ने छ।’
जनमत पार्टीका नेता कार्यकर्ताहरु निर्वाचित भएको खण्डमा मधेश सम्बृद्धिको यात्रामा जाने उनले दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.