हुलाकीन्यूज,जनकपुरधाम:जनकपुरधामउपमहानगरपालिका ८ रतनसगर स्थित श्री जानकीवृद्धा आश्रमलाई साडी,खाधान्न सामग्री तथा फलफूलका लागि सहयोग प्राप्त भएको छ।
पब्लिक डेभलपमेन्ट अर्गनाइजेसन युवासंघ द्वारा जनकपुरधाम स्तित श्री जानकी वृद्धा आश्रममा रहेका बृद्धबृद्धा आमाहरुलाई खाधान्न सामग्री,साडी तथा फलफूल सहयोग गरेका छन्।
शनिबार वृद्धाश्रममै आयोजित यस कार्यक्रमबीच अध्यक्ष रंजन जयसवालले साडी तथा खाधान्न सामग्री जानकी वृद्धाश्रमका संचालिका सिता अधिकारीलाई हस्तान्तरण गरेका हुन्। अप्ठ्यारोमा परेका वृद्ध-वृद्धाहरुलाई सार्थक बनाउने कार्यमा आफ्नो तर्फबाट हुन सक्ने जति सहयोग जुटाउने
युवासंघका अध्यक्ष जयसवालले प्रतिबद्धता जनाए।

यस कार्यक्रका प्रमुख अतिथि अमर चन्द्रअनिल,अतिथिमा बेपार संघका वरिष्ठअध्यक्ष जितेन्द्र प्रसाद साह,बेपार संघकामहा सचिब जितेन्द्र महासेठ,कार्यक्रम संयोजक दिलिप साह तथा विभिन्न अभियानी युवाहरू उपस्थित रहेका थिए।




