अमरेन्द्र कुमार यादव, धनुषा १९ कार्तिक । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं ३ श्रीपुर सडकखण्डमा बिहिबार भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरले दिएको जानकारी अनुसार बिहिबार बिहान करिब तीन बजे पश्चिमबाट पुर्वतर्फ गईरहेको ना ५ ख ७८१२ नम्बरको मालवाहक ट्रक दुर्घटनामा परेको हो । प्रहरीको अनुसार ट्रक अनियन्त्रित भई सडकको बाँया पट्टि रुखमा ठोक्किन गई पल्टिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरको कालिटार १ बस्ने २५ वर्षीय दिपेन्द्र मल्ल ठकुरी रहेका छन् ।

त्यसैगरी सोहि समयमा सोहि ठाँउमा एउटै गतिमा गईरहेको पछाडिको ना ३ ख ४९५१ नम्बरको अर्को ट्रक पनि अगाडिको ट्रक अनियन्त्रित भएकोले नियन्त्रण गर्न नसक्दा अर्को तर्फ पल्टिएर दुर्घटना भएको छ ।

प्रहरीले अर्को ट्रक दुर्घटनामा चालक हेटौडा निवासी २२ बर्षिय बुद्ध गोले घाइते भएको जनाएको छ ।

गोलेको स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराई थप उपचारको लागि काठमाडौं पठाइएको जानकारी इप्रका ढल्केवरले गराएको छ भने दुर्घटनामा मृत्यु भएका दिपेन्द्र मल्ल ठकुरीको शव अहिले पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पताल पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.