हुलाकी न्यूज,सप्तरी : सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीबाट एकजना लेखापढी व्यवसायी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले लेखापढी व्यवसायी अरुणकुमार यादवलाई शुक्रबार पक्राउ गरेको हो । आयोगका अनुसार यादवले कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्।

जग्गाको नक्सा मिलाई दिने नाममा उनले सेवाग्राहीसँग घुस लिएको बताउँदै आयोगले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.