हुलाकी न्यूज,काठमाडौँ : सिराहाका २ वर्षीय बालक भारतमा फेला परेका छन् ।
सिराहा सदरमुकाम सिराहा नगरपालिका वडानम्बर १ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षी छोरा प्रयांसु गत मंगलबार राति आफ्नै आँगनाबाट बेपत्ता भएको थियो।बेपत्ता भएका बालक भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट सकुशल फेला परेको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका हुन्।
उनका अनुसार बालक खाजेडीको एक सार्वजनिक स्थानबाट फेला परेका हुन् । हराएको ४८ घण्टाभित्रै फेला परेका बालकलाई बिहीबार राति ७ बजेतिर घर ल्याएर उनको परिवारजनलाई जिम्मा लगाइएको शर्माले बताए ।बालक कसरी सिराहाबाट भारतसम्म गए भन्ने सन्दर्भमा खुल्न नसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।



