हुलाकी न्यूज,काठमाडौँ :  ड्युटीमा खटिएका एकजना प्रहरी निरिक्षक ( ईन्सपेक्टर) को बारामा मृत्यु भएको छ।

अचानक बेहोस भई ढलेका बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐरको मृत्यु भएको हो। उनी दार्चुला लेकम गाउँपालिका ३ का बासिन्दा हुन् ।

सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशका अनुसार बिहीबार दिउँसो उनी आमहड्तालमा ड्युटीमा खटिएका थिए।हिँड्दाहिँड्दै उनी अचानक बेहोस भएका थिए।डिआइजी चन्द्रप्रकाश गौतमका अनुसार उनलाई तत्कालै कलैया अस्पताल लगिएको थियो भने त्यहाँ उपचार सम्भव नभएपछि उनलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगियो त्यहाँ पनि उपचार नहुने अवस्था आएपछि हेलिकप्टरमा काठमाडौं लैजाने तयारी गर्दैगर्दा उहाँको मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.