हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरमा गोली प्रहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै प्रचण्ड–नेपाल समुहको यस्तो चेतावनी दिएका छन्।धनुषा जिल्ला संघर्ष समितिले प्रदेश पार्टी कार्यालयमा जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले दोषीलाई कार्वाही नगरे थप संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिए।

आन्दोलनकारीमाथि आश्रु ग्यास तथा गोली प्रहार गर्ने प्रहरीमाथि प्रचण्ड–नेपाल समुहले कार्वाहीको माग गरेको छ ।

प्रहरीले ५० औँ राउण्ड गोली, आँसुग्यास, लाठी प्रहार तथा ढुँगा प्रहार गर्दै केन्द्रिय नेताहरुलाई ज्यानमार्ने प्रयास गरेको संघर्ष समितिका संयोजक सुधिर प्रसाद साहको आरोप रहेको छ भने बिहीवार जनकपुरस्थित शिवचोकमा भएको झडपमा पूर्व मन्त्रीद्वय मातृका प्रसाद यादव, रामचन्द्र झा, मेयर उदय बरबरिया, कारीराम यादव, प्रदिप साहलाई लगायतका आन्दोलनकारी घाइते भएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.