हुलाकी न्यूज,जनकपुरधाम : नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
प्रहरीसँगको झडपमा लाठी प्रहारबाटघाइते झाको टाउकोमा ८ वटा टाँका लगाइएको र स्थायी कमिटी सदस्य यादवको खुट्टामा चोट लागेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले भने साथै उनीहरूलाई आजै काठमाडौं लैजाने तयारी भएको उनले बताए।
यस प्रदर्शनमा यादव र झाका अतिरिक्त जिल्लास्तरीय केही नेता पनि घाइते भएका छन् ।
आन्दोलनकारीले प्रहरीको भ्यानमा आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।



