
हुलाकी न्यूज, काठमाडौं : नेपाल कम्युष्टि पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार उपाध्याय नेपाल समूहले गरेको बन्दको विरोध विश्लेषक खगेन्द्र संग्रौलाले गरेका छन्।
ट्वीटरमार्फत संग्रौलाले नेताको समान्ती प्रबृति र कार्यकर्ताको दासत्व प्रबृतिको आलोचना गरेका छन्।
पूर्णतः सवारी रोक लगाउनेगरी आयोजना गरिएको आमहड्तालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याण्डक्रुजर गाडी र माधव नेपाल स्कुटर चढेर कार्यकर्ताको माझमा पुगेकोप्रति आक्रोश व्यक्त गर्दै प्रश्न गरेका छन्, ‘आफू ल्याण्डक्रुजर चढेर निस्किने अरुका वाहनमाथि ढुंगामुढा गर्ने ?’
सामन्ती पारामा कार्यकर्तालाई आदेश दिने, जनताले दुःख सहेरै पनि उनीहरुको आदेश मानिदिनुपर्ने तर, आफूहरुचाहिँ आफ्नै आदेशको उल्लंघन गर्दै वाहन चढेर कार्यकर्तालाई ढाडस दिन पुगेको भन्दै संग्रौलाले प्रचण्ड–माधव प्रवृत्तिको आलोचना गरेका हुन् ।
संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘समान्ती चलनमा आदेश दिनेले आदेश मान्नु नपर्ने ! बन्दको आदेश दिने पुष्पकमल आदेश तोड्दै ल्याण्डक्रुजर चढेर भाषण ठोक्न पुल्चोक सवारी, माधव स्कुटर चढेर कोटेश्वर सवारी । वाहन चलाउने अरूलाई ढुङ्गामुढा र गाली गर्ने दासवत् कार्यकर्ता आफ्ना नेतालाई ताली ! सडकमा देखियो यिनको जनवाद !’
समान्ती चलनमा अादेश दिनेले अादेश मान्नु नपर्ने! बन्दकाे अादेश दिने पुष्पकमल अादेश ताेड्दै ल्याण्ड क्रुजर चढेर भाषण ठाेक्न पुलचाेक सवारी,माधव स्कुटर चढेर काेटेश्वर सवारी।वाहन चलाउने अरूलाई ढुङ्गामुडा र गाली गर्ने दासवत् कार्यकर्ता अाफ्ना नेतालाई ताली!सडकमा देखियाे यिनकाे जनवाद!
— Khagendra Sangroula (@belakoboli) February 4, 2021



