
हुलाकी न्यूज, जनकपुरधामः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार उपाध्याय नेपाल समूहले गरेको बन्दका क्रममा प्रहरी र प्रदर्शनकारीबीच जनकपुरधाममा झडप भएको छ।
प्रदर्शनकारीहरुले शिब चौकमा पिकप भ्यानमा तोडफोड गर्न खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। जसक्रममा प्रदर्शनकारीले ढुँगामुढा गर्दा प्रहरीले केही राउण्ड हवाई फाइर गरेको छ।
गाडी बचाउने क्रममा प्रहरीले लाठी चार्ज गर्दा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन्।
आस्रु ग्याँसबाट केही अन्य नेताहरुसमेत घाइते भएका छन्।
भिडियो
भिडियो क्रेडिटः डेली एक्सप्रेस



