हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा नेकपाको प्रचण्ड-नेपाल समूहका बन्दकर्ता र प्रहरीबीच भएको झडपमा ३ जना नेता तथा कार्यकता घाइते भएका हुन्।

जनकपुरकाे शिव चोकमा भएको झडपमा नेकपाका नेता मात्रिका यादवका भाइ कारियादव र प्रदर्शनकारी प्रदीप साह, नेकपा प्रचण्ड-नेपाल समूहका अर्का नेता रामचन्द्र झा घाइते भएका छन्।
यसगरी सुरक्षाकर्मीको तर्फबाट प्रदर्शन रोक्नका लागि खटेका प्रहरी हवल्दार लालबाबु राय गम्भीर घाइते भएका हुन्, भने प्रहरी आन्दोलन रोक्नका लागि केही थान अश्रुग्यास र हवाई फैरिंग समेत गरेका हुन्।



