हुलाकी न्यूज,जनकपुरधाम : प्रचण्ड–नेपाल समुहले घोषणा गरेको आमहड्तालको जनकपुरमा समान्य प्रभाव मात्र परेको छ ।

जनकपुरधाममा रहेका बजार तथा छोटो दुरीका सवारीसाधन चलिरहेको छ। विहानैदेखि लामो रुटका सवारी साधन नचलेपनि टिपर, ट्रक लगायतका सवारीसाधन फुटफुट  चलिरहेका छन् ।

आमहडताललाई मध्यनजर गर्दै जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको छ भने जनकपुरधामका बजार तथा केही शैक्षिक संस्थाहरु समेत खुला रहेको छ ।यद्दपी निर्वाध रुपमा यातायता, बजार, शैक्षिक संस्था तथा सरकारी कार्यालय संचालनकालागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दियका हुन्।

धनुषामा बन्दकर्ताले समेत अहिलेसम्म कुनै किसीमको उपद्रवी नगरेको उनको भनाई रहेको छ,साथै यस्तै पुर्वपश्चिम राजमार्गमा समेत फाटफुट रुपमा गाडी चलिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.