हुलाकी न्यूज,सर्लाही : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।

नयाँरोड–बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको मोटरसाइकल दुर्घटनामा वाग्लेको मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ।

बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको शव र मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरको अन्य भागमा कुनै चोट नलागेको प्रहरीले जानकारी दिएको छ। बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.