रंजन भण्डारी, जलेश्वर, १९ कार्तिक । भारतको विहार राज्यमा विहिवार हुन लागेको अन्तिम चरणको चुनावका कारण भारतसँग सीमा जोडिएका सबै नाकाहरु बन्द गरिएको छ । महोत्तरीका सीमाहरु मंगलबार केही कडा पारिएको थियो भने बुधवारदेखि नै पूर्ण रुपले बन्द गरिएको छ । बिहिवार राती ८ बजेसम्म सीमानाका पुर्णरुपले बन्द रहनेछ ।

नेपाल र बंगलादेशको अन्तर्राष्ट्रिय सीमा तथा पश्चिम बंगालको अन्तरराज्य सीमासँग जोडिएको मिथिलाञ्चल, कोशी र सीमाञ्चलका ९ जिल्लाका ५७ सिटमा बिहिवार हुने मतदानको लागि मंगलवारदेखि नै सीमा बन्द गरिएपनि महोत्तरीको भिठामोड र मधवापुर नाका भने केहि खुकुलो राखिएको थियो । बुधबार मतदानको प्रचार सकिएसँगै सीमानाका बन्द गरिनुका साथै एसएसबीको संख्या निकै बढाईएको छ ।

यता विहारको निर्वाचन आयोगले नौवटै जिल्लामा शान्तिपुर्ण र निष्पक्ष मतदानको सम्पुर्ण तयारी गरिसकेको भारतीय सुरक्षा श्रोतले जनाएको छ । श्रोतका अनुसार जलमार्ग, थलमार्ग र आकाशबाट समेत चुनावका बेला सुरक्षा दिईने व्यवस्था मिलाईएको छ । चुनावमा केन्द्रिय सुरक्षा बल र राज्य पुलिसका १,०३३ कंपनी तैनाथ रहने छन् । ५,५१८ संवेदनशील भनिएका बुथहरुमा अतिरिक्त सुरक्षाको व्यवस्था समेत गरिएको छ ।

दुई हेलिकप्टर, तीन ड्रोल, १७,७७९ सवारी साधन, ५३ मोटरबोट र ३४१ मोटरसाईकल, एक एयर एम्बुलेन्स र ५० माउण्टेन पुलिस समेत सकृय रहने भारतीय समाचारपत्रमा जनाईएको छ ।

कुल ५७ सिटमा ८२७ उम्मेदवारका लागि एक करोड ५५ लाख ४३ हजार ५ सय ९४ मतदाताले मत दिनेछन् जसमा पुरुष ८१ लख ८४ हजार ९ सय ४८ र ७३ लाख ५१ हजार २ सय ७७ महिला एवं ४३५ तेस्रो लिड्डी रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.