हुलाकी न्यूज,काठमाडौँ : वीरगञ्जमा बन्द गराउँदै हिँडेका नेकपा दाहाल-नेपाल समूहका नेता-कार्यकर्ता पक्राउ परेका छन् । बिहीबार बिहान वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले पक्राउ परेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो।



