हुलाकी न्यूज,काठमाडौं : संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ३२ जना पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ खुवाएका हुन्।

प्रधानन्यायाधीश जबराले ५ आयोगका प्रमुखहरूलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका प्रमुखहरूले शपथ खुवाएका थिए।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको विभिन्न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको  बुधबारका नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री केपी ओलीले गत पुस ३० गते अध्यक्षसहित तीन सदस्यको मात्रै उपस्थितिमा परिषदको बैठक सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। त्यसपछि सभामुख सापकोटा र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएको परिषदको बैठकले संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरेको थियो।

संवैधानिक परिषद्को सिफारिशमा विभिन्न आयोगका पदाधिकारी र सदस्य पदमा नियुक्ति गर्नु अगाडि सङ्घीय कानुन बमोजिम संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन पुगेकाले उनीहरुको नियुक्ति गरिएको हो।

११ वटा संवैधानिक निकायका नवनियुक्त ३२ पदाधिकारीको नामावली (सूचीसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.