हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ तिनकौरिया चौकमा रहेको प्रेरणा स्टेशनरी एण्ड फेन्सी स्टोर्समा चोरी भएको हो।

चोरी भएको पसल भन्दा ७५ मिटर उत्तर प्रहरी चौकी गिद्धा बेलापट्टीको कार्यलय रहेको छ। पसलमा लगाइएको ताला फोडेर २ लाख भन्दा बढी मूल्य बराबरको सामाग्रीहरु सोमबार राति चोरी भएको प्रेरणा स्टेशनरी एण्ड फेन्सी स्टोर्सका संचालक हलखोरी मण्डलले बताए।

उनका अनुसार फोटोकपी मेसिन , चुरी , फेसवास , वेल्ट , कापी डायरी, फुटबल, बरस्लेट ,पर्स , मोभ, सिकरी, पायल, सेम्फु , बडीलोशनलगाइत सामग्रीहरु चोरी भएको छ ।यो भन्दा अगाडि पनि यस पसलमा चोरी भएको थियो ।घटनाबारे अनुसन्धान भैरहेको प्रहरी चौकी गिद्धा बेलापट्टीका कार्यालय प्रमुख अरविन्द सिंहले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.