राम नारायण पंडित, सिरहा, १८ कार्तिक । सिरहाको मिर्चैयामा बुधवार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रि केपी शर्मा ओलीको शव यात्रा निकालेको छ । मधेशको जायज माँग सम्बोधन गराउनका लागि शान्तिपुर्ण रुपमा धर्नामा बसेको समयमा प्रहरीले वीरगंजमा हस्तक्षेप गरेको विरोधमा मोर्चाका कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको शव यात्रा निकालेका हुन् ।

मिर्चैयाको भगबतपुर चौकबाट सुरु भएको शव यात्रा नगरको बिभिन्न भागको परिक्रमा गर्दै बजारमा पुगी शव दहन गरिएको संघीय समाजबादी फोरम नेपालका जिल्ला सदस्य राम दयाल यादवले बताए । शव यात्राको क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको बिरुद्धमा कडा नाराबाजी गरेका थिए ।

शव दहनपछि मोर्चाले कोणसभाको आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.