मनोज मोरबैता
जनकपुरधाम : प्रधानमन्‍त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने दावी गरेका छन्।

प्रतिनिधिसभा विघटन गरेर वैशाखमा निर्वाचन मिति घोषणा गरेको सरकारले तोकिएकै मितिमा निर्वाचन हुने बताए।

ढल्केबर सवस्टेसनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्‍त्री ओलीले मधेशी जनतालाई त्यो दिन मतदानको लागि तयार भएर बस्‍न आग्रह गरे। “२०७७ साल बैशाख १७ र २७ गते चुनाव हुन्छ।

तपाईंहरू त्यो दिनको तयारी गर्नुहोस्। तयार भएर बस्‍नुहोस्। एक दिन पनि पर सर्दैन्,” प्रधानमन्‍त्री ओलीले भने।

“चुनाव नहोस् भनेर निर्वाचन आयोगलाई धम्की दिइरहेका छन्। निर्वाचन आयोगको काम निर्वाचन गराउने हो र गराउनु पर्छ।

हामी सानातिना कुरामा अल्झिएर बस्दैनौं। अब नयाँ सिराबाट देश बनाउँनतिर लाग्छौं, पार्टी बनाउँछौं। चुनावमा गएर नयाँ सरकार बनाउँछौं।” उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.