हुलाकी न्यूज,कैलाली : कैलाली जिल्लामा १८ वर्षीया किशोरीलाई जबरजस्ती यौन सम्पर्क राखेको अभियोगमा दुई जना पक्राउ परेका छन ।

लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

हाल फरार कृष्ण राउतको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.